Rule 23
निरीक्षकले जाँचबुझको प्रतिवेदन पेश गर्नु पर्ने
(१) निरीक्षकले ऐनको दफा ८ बमोजिम निरीक्षण गरिसकेपछि निरीक्षणमा देखिएका कुराहरूको विस्तृत विवरण सहित जाँचबुझ प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम प्रतिवेदन प्राप्त भएपछि मन्त्रालयले सो सम्बन्धमा देहायको कुनै वा सबै काम गर्न सक्नेछ ः–
(क) ऐन वा यस नियमावली विपरीत प्रदूषण गर्ने वा फोहर मैला निष्काशन गर्ने व्यक्ति, संस्था वा प्रस्तावकलाई उपस्थित गराई बयान
गराउने,
(ख) कुनै संयन्त्र, औजार, मेशिनरी, माल सामान आदि जाँचबुझ गराउने,(ग) जाँचबुझ पश्चात् कुनै संयन्त्र औजार, मेशिनरी आदिको प्रयोगमा
रोक लगाउने,
(घ) प्रदूषणको रोकथाम तथा फोहरमैलाको निष्काशन नगर्न उपयुक्त सम्झेको कुनै आदेश दिने ।